अभियानमा सबैले साथ दिन जरुरी

जिल्ला स्वास्थ्य कार्यालय दैलेखले शनिवार बाट जिल्लाभर हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान थालेको छ । अभियानको पहिलो दिन गतबर्ष औषधि खान छुटाएका अधिकाँसले औषधि सेवन गरेका छन् ।
औषधि सेवनबाट लक्षण भएकाहरुलाई मात्र सामान्य टाउको दुख्ने बाहेक अन्य असर नभएको बताएका छन् । दैलेखका विभिन्न दुर्गम स्थानहरु नौमूले, तोलि, दुल्लू, बराह     सेरी लगायतका विभिन्न स्थानहरुमा समेत हात्तिपाईले रोगको औषधि खुवाउने पहिलो दिनको अभियान सफलताका साथ सम्पन्न भएको छ ।
विगतका बर्षमा असरको बारेमा गतल प्रचार गरेकै कारण औषधि घरमा लगेर नखाएका केही उदाहरणहरु भेटीएको भएपनि यो बर्षको पहिलो सवैले औषधि सेवन गरेका छन् ।
२ बर्ष माथिका बालवालिका र गम्भिर प्रकृतिका रोगीहरु बाहेक सवैले यो औषधि सवेन गरेर जिल्लावाटै अभियान सफल पार्न सवैले साथ दिएका देखिएको छ ।
गतबर्ष निकै प्रभावकारी रुपमा सफल भएको यो अभियान यो बर्ष पनि सफलतापुर्वक सम्पन्न गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जिल्लाभरका सवै नागरिक समाज, राजनीतिक दल पत्रकारहरु लगायतलाई विभिन्न स्थानहरुमा अनुगमका लागि खटाएको छ । पत्रकार र नागरिक समाजले समेत आ आफ्नो पायक पर्ने स्थानहरुमा अभियानवारे अनुगमन सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार